Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

एक करोड बराबरको अवैध सामान बरामद

एक करोड बराबरको अवैध सामान बरामद
विज्ञापन
Advertisement

बनियानी । झापाको मेचीनगर नगरपालिका–६ बाट आज दिउँसो करिब रू एक करोड बराबरको अवैध सामान बरामद गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मेचीनगर–६ झुल्केघाम टोलस्थित मदन पोखरेल र उत्तम ठकुरीको घरबाट करिब रू एक करोड बराबरको अवैध कपडा र मोटरपार्टस् बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए ,

विषेश सूचनाको आधारमा सोही हेडक्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाइलीको कमाण्ड तथा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको अनुसन्धान अधिकृत विधुर गौतमसहितको टोलीले उक्त सामान बरामद गरेको हो ।

पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit