Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

चिया निर्यातको गाँठो फुकाउन सहसचिवको नेतृत्वमा बन्यो सरकारी कार्यदल

चिया निर्यातको गाँठो फुकाउन सहसचिवको नेतृत्वमा बन्यो सरकारी कार्यदल
विज्ञापन
Advertisement

काठमाडौं। नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय सिफारिस गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली चिया निर्यातमा पछिल्लो समय देखिएका व्यापारिक, प्राविधिक तथा गुणस्तरसम्बन्धी अवरोधहरूको अध्ययन गरी समाधान खोज्ने उद्देश्यले कार्यदल गठन गरिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कार्यदललाई चिया निर्यातसँग सम्बन्धित समस्याहरूको विस्तृत अध्ययन गरी दुई साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। प्रतिवेदनमा तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका उपायहरू समावेश गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

कार्यदलको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव रहनेछन्। कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिवहरू सदस्यका रूपमा रहने बताइएको छ।

त्यसैगरी भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिवलाई पनि सदस्य बनाइएको छ। कार्यदलको सदस्य सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उपसचिवलाई दिइएको छ।

कार्यदलले पेश गर्ने सुझावका आधारमा आगामी नीति, कार्यक्रम तथा आवश्यक कूटनीतिक पहल तय गरिने अपेक्षा गरिएको छ।

हाल भारत नेपाली चियाको प्रमुख निर्यात गन्तव्य हो। तर, भारतीय पक्षले पटक– पटक नेपाली चियाको गुणस्तरलाई लिएर चिया निर्यातमा असहज वातावरण निर्माण गर्दै आएको व्यवसायीहरूको गुनासो रहँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit