काठमाडाैं । विश्वव्यापी अटोमोबाइल ब्रान्ड जिडब्लुएम (ग्रेटवाल मोटर) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयुभी ओरा ५ इभी नेपाली बजारमा सार्वजनिक गरिएको छ ।
काठमाडौंस्थित द प्लाजामा आयोजित विशेष समारोहबिच गाडी सार्वजनिक गरिएको हो ।
चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ इभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ ।
यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधा समावेश गरिएको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया पाएको यो मोडेलले नेपाली इभी बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ ।
नेपालका लागि जिडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले ग्राहकको आवश्यकता, सडक अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ इभी सार्वजनिक गरेको जनाएको छ ।
ओरा ५ इभी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किमिसम्म रेन्ज दिने बताइएको छ ।
यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामरा, १८० डिग्री च्यासिस भ्यु क्यामरा, सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजीलगायत आधुनिक फिचर समावेश गरिएको बताइएको छ ।
सुरक्षाका दृष्टिले ओरा ५ इभीले ५ स्टार एएनक्याप तथा ५ स्टार युरो एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ । गाडीमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल, सामान राख्न मिल्ने ३३ वटा स्टोरेज स्पेसहरू तथा ट्राफिक साइन रिकग्निसनजस्ता सुरक्षा प्रविधि उपलब्ध छन् ।















प्रतिक्रिया दिनुहोस्