images
images
images

साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर चलचित्र ‘जार’ निर्माण

images
images

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर चलचित्र ‘जार’ निर्माण गरिएको छ । निर्देशक फूर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार नै चलचित्र तयार भएको जानकारी दिए। उनले भने,‘हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ ।’

विसं २०८२ वैशाख २६ गते प्रदर्शन हुने उक्त चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायतले अभिनय गरेका छन् । भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको सरवानन इलावार्सुले छायाङ्कन, अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गरेक हुन्

images
images

images
images

प्रतिक्रिया दिनुहोस्