Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कक्षा ८ का विद्यार्थीको इमिस प्रणालीमा डाटा राख्न सुरु, आउने साता नतिजा प्रकाशनको तयारी

कक्षा ८ का विद्यार्थीको इमिस प्रणालीमा डाटा राख्न सुरु, आउने साता नतिजा प्रकाशनको तयारी
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षामा विद्यार्थीहरुले प्राप्त गरेको अङ्क एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (इमिस) मा प्रविष्टि गराउने काम थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्रोत केन्द्रहरुले उत्तरपुस्तिका डिकोडिङ गरेर विभागमा पठाउन थालेपछि आजदेखि अङ्क प्रविष्टि थालिएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । विभागले आउँदो हप्ता नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

अहिलेसम्म गरिएका कामका बारेमा जानकारी दिँदै उनले भने, ‘परीक्षा सम्पन्न भएकै दिनमा उत्तर पुस्तिका स्रोत केन्द्रमा ल्याएर कोडिङ गरियो । कोडिङ गरिएका उत्तरपुस्तिका रोष्टरमा भएका शिक्षकहरुले स्रोत केन्द्रमै बसेर परीक्षण गरिसकेका छन् । परीक्षण भएका उत्तरपुस्तिकाहरुलाई डिकोडिङ गर्ने कार्य गरियो । यसरी डिकोडिङ गरिएका उत्तरपुस्तिका विभागमा प्राप्त भएपछि हामीले प्रणालीमा अङ्क भर्न थालेका हौँ ।’

अबको ३ दिनभित्र अङ्क प्रविष्टि गर्ने कार्य सकेर नतिजा प्रकाशन गर्ने विभागको तयारी रहेको दाहालले जानकारी दिए । उनले भने ‘आजको चौथो दिन प्रणालीमा भरिएका अङ्क र उत्तर पुस्तिकामा प्राप्त गरेको अङ्क रुजु गर्छौँ । यसपछि नतिजा प्रकाशन गर्छौँ ।’

महानगरभित्रका सामुदायिकतर्फ धार्मिक र वैकल्पिक विद्यालय समेत गरी ९६ र संस्थागततर्फ ४०८ वटा गरी जम्मा ५०४ विद्यालयका १८ हजार २९४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमा सामुदायिक विद्यालयबाट ५ हजार १७४ जना र संस्थागत विद्यालयबाट १३ हजार १२० जना विद्यार्थी छन् । लिङ्गका आधारमा हेर्दा ८ हजार १४५ जना छात्रा र १० हजार १४९ जना छात्र छन् ।

यसमा ५ वटा संस्थागत विद्यालयमा अध्ययन गर्ने १० जना विदेशी विद्यार्थीहरु पनि समावेश छन् । जगन्नाथ माध्यमिक विद्यालय र बन्दी विकास आधारभूत विद्यालय गरी २ वटा विद्यालय भद्रगोल जेलभित्र छन् । यी विद्यालयबाट यस वर्ष क्रमशः २० जना र १२ जना गरी ३२ जना विद्यार्थी परीक्षामा सहभागी हुनुपर्नेमा जेलका १ जना विद्यार्थी कैदमुक्त भएपछि ३१ जना विद्यार्थी सहभागी थिए । केन्द्रीय बहिरा माध्यमिक विद्यालयबाट २७ जना विद्याथीर्ले परीक्षा दिएका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit