Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि

नेपालमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आर्थिक वर्ष २०८१/८२ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १० दशमलव ९ प्रतिशतले वृद्धि भई सात लाख ४५ हजार ७७० पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो आर्थिक वर्ष २०८०८१ मा यस्तो सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेको थियो । सर्वेक्षणअनुसार उच्च शिक्षामा व्यवस्थापन सङ्काय सबैभन्दा आकर्षणको केन्द्र बनेको छ । कुल विद्यार्थीमध्ये ५० दशमलव ५ प्रतिशत व्यवस्थापन सङ्कायमा अध्ययनरत छन् भने कृषिमा सबैभन्दा कम शून्य दशमलव १५ प्रतिशत विद्यार्थी रहेका छन् ।

व्यवस्थापन, शिक्षाशास्त्र तथा मानविकी–समाजशास्त्र सङ्कायमा मात्रै करिब ८० प्रतिशत विद्यार्थी अध्ययनरत रहेको तथ्यांकले देखाएको छ ।

उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयको प्रभुत्व अझै कायम छ । त्रिविअन्तर्गत आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी कुलको ७५ दशमलव ३ प्रतिशत रहेका छन् ।

हाल नेपालमा १५ केन्द्रीय र ६ प्रादेशिक गरी २१ विश्वविद्यालय सञ्चालनमा छन् भने आठ स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit