Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ट्रम्पले सार्वजनिक गरे ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा

ट्रम्पले सार्वजनिक गरे ५० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा
विज्ञापन
Advertisement

वाशिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा पहिलो ‘गोल्ड कार्ड’ भिसा अनावरण गरेका छन् । जसको मूल्य ५० लाख अमेरिकी डलर (६६ करोड ७५ लाख रुपैयाँ) राखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा उपलब्ध हुनेछ ।’

उनले ‘गोल्ड कार्ड’ भिसाको आफैं पहिलो खरीदकर्ता भएको घोषणा गर्दै नयाँ भिसा कार्यक्रमलाई ‘अमेरिकी नागरिकताको अत्यधिक मूल्यवान् मार्ग’ भनेर वर्णन गरे ।ट्रम्पका अनुसार परम्परागत ग्रिन कार्डको उच्च मूल्य संस्करणको रूपमा ल्याइएको ‘गोल्ड कार्ड’ भिसा बिक्रीबाट संकलित रकमलाई रोजगारी सिर्जना र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गरिनेछ ।

फेब्रुअरीमा गरिएको घोषणाअनुसार, ट्रम्प प्रशासनले सम्भवतः १० लाख ‘गोल्ड कार्ड’ भिसा बिक्री गर्ने लक्ष्य राखेको छ । ट्रम्पले यस योजनामा रूसी कुलीन वर्गहरूलाई समेत समेट्न सकिने सम्भावनालाई पूर्णरूपमा अस्वीकार नगरेको बताएका छन् ।

यो नयाँ भिसा कार्यक्रमलाई ट्रम्पको राष्ट्रपति पुनःनिर्वाचन अभियानको महत्वपूर्ण रणनीति को रूपमा हेरिएको छ । जसमा उनले लाखौँ कागजातविहीन आप्रवासीलाई देशनिकाला गर्ने नीति अघि सारेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit