Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तारमा जोड दिनुपर्छःअध्यक्ष ढकाल

सरकार र निजी क्षेत्रले सहकार्य गरी अर्थतन्त्र विस्तारमा जोड दिनुपर्छःअध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडौं । मुलुकको अर्थतन्त्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले सहकार्य र समन्वय गर्दै अर्थतन्त्र विस्तार गर्नुपर्नेमा सरोकार भएका व्यक्ति, संस्थाका प्रतिनिधिले जोड दिए ।

विज्ञापन
Advertisement
Advertisement

बाह्रखरी मिडियाले आज यहाँ आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमका सहभागीले नीतिगत स्थिरता, दक्ष जनशक्तिको विकास, लगानीमैत्री वातावरण, सूचना प्रवधिको प्रयोग गरेर मात्रै आर्थिक विकासको मार्ग प्रशस्त गर्न सकिने धारणा राखे ।

सहभागीहरूले सरकार र निजी क्षेत्रले समान दृष्टिकोण बनाएर कार्यान्वयन गर्दै नीतिगत सुधार गर्न सकेमा मुलुकमा उल्लेख्य मात्रामा आर्थिक वृद्धि हुने धारणा राखे

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्रले सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा राखे। आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता जरुरी रहेको आवश्यकता औँल्याउँदै उनले युवा पलायन रोक्दै मुलुकभित्रै दक्ष श्रमशक्तिको विकासमा विशेष चासो देखाउनुपर्ने समय आएको उल्लेख गरे ।

नीतिगत रूपमा स्थायीत्व भए निजी क्षेत्रले लगानी विस्तार गर्ने वातावरण बन्दै जाने अध्यक्ष ढकालको भनाइ छ । पूर्वाधार क्षेत्र, कृषि, पर्यटन र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गरेर आर्थिक समृद्धिको मार्ग पहिचानमा ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको भएपनि लगानी विस्तार हुन नसकेको बताए। सरकारले केही सकारात्मक पहल गरिरहेको भन्दै लगानीको उचित वातावरण बन्न नसक्नुका कारण खोजी गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारको सकारात्मक पहलका कारण अर्थतन्त्रमा केही सुधार आएपनि थप सुधार र विस्तारका लागि परिसङ्घले यसअघि दिएका सुझावको अक्षरशःकार्यान्वयन गर्न अध्यक्ष अग्रवालले माग गरे ।

कार्यक्रममा लक्ष्मी हुन्डाई ग्रुपका प्रबन्ध निर्देशक निरञ्जन श्रेष्ठले अर्थतन्त्रको विकास र विस्तारका लागि ‘स्टार्टअप’लाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए ।

प्राध्यापक सुरेश मानन्धरले सूचना प्रविधिसम्बन्धी नीतिलाई सहज र सरल बनाउनुपर्नेमा जोड दिए । उनले यस क्षेत्रको समयसापेक्ष विकासका लागि जनशक्ति तथा प्रविधिको क्षमतामा विकास र लगानी आवश्यक रहेकामा जोड दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit