Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नाराणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन

नाराणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन
विज्ञापन
Advertisement

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक क्षेत्रमा निर्मित सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन ।

विज्ञापन
Advertisement
Advertisement

सहरी विकास तथा भवन निर्माण विभागले रु ४४ करोड ९१ लाख ५३ हजार लागतमा सभाहल र चमेनागृह निर्माण गरी २०७६ साल माघ ३ गते समितिलाई हस्तान्तरण गरेको थियो ।

पैतीस रोपनी क्षेत्रफलमा फैलिएको गणतन्त्र स्मारक क्षेत्रमा निर्माण भएको सभाहल र चमेनागृह सञ्चालनमा ल्याउन महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले निर्देशन दिएको छ ।

नारायणहिटी सङ्ग्रहालय परिसरभित्र सभाहल र चमेनागृहसँगै भूमिगत पार्किङ, सहिदस्तम्भ, नेपालको वस्तुस्थिति नक्सा र चार स्तम्भ रहेका छन् । नारायणहिटीको सङ्ग्रहालय र गणतन्त्र स्मारकलाई राष्ट्रको महत्वपूर्ण, ऐतिहासिक र सांस्कृतिक धरोहर बनाउँदै सहिदप्रतिको सम्मान व्यक्त गर्ने स्थलको संरक्षण र सम्वर्द्धन गरी पुरातात्विक वस्तुको प्रदर्शन गर्ने स्थलका रुपमा विकास गर्न समिति स्थापना भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit