Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपालले होर्मुज जलमार्ग खुलाउन भैरहेको प्रयासप्रति समर्थन जनाउँदै भन्यो– यसले आकासिएको बजार मूल्य विस्तारै कम हुनेछ

नेपालले होर्मुज जलमार्ग खुलाउन भैरहेको प्रयासप्रति समर्थन जनाउँदै भन्यो– यसले आकासिएको बजार मूल्य विस्तारै कम हुनेछ
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सरकारले पश्चिम एसियाको होर्मुज जलमार्गमा जारी अवरोध खुलाउन भइरहेका द्विपक्षीय तथा बहुपक्षीय प्रयासहरूको समर्थन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसिया क्षेत्रको तनावपूर्ण परिस्थितिका बीच पनि सार्थक वार्ताको सम्भावना बलियो बन्दै गएको र मे महिनायता स्थिति सुधारोन्मुख रहेको बताए ।

शान्तिका लागि भइरहेका कूटनीतिक प्रयासहरू सफल पार्नु र होर्मुज जलमार्गको अवरोध खुलाएर दिगो शान्ति स्थापना गर्नु हालको सर्वाधिक आवश्यकता रहेको नेपालको ठहर छ। ‘शान्तिका लागि भएका कूटनीतिक प्रयासहरू सफल पार्नु, स्ट्रेट अफ होर्मुजको अवरोध खुलाउनु र उक्त क्षेत्रमा दिगो शान्ति स्थापना गर्नु हालको सर्वाधिक आवश्यकता हो,’ प्रवक्ता क्षेत्रीले भने,‘होर्मुजको अवरोध खुलाउनका लागि हाल जारी द्विपक्षीय तथा बहुपक्षीय प्रयासहरूको नेपाल समर्थन गर्दछ। अवरोध छिट्टै खुल्ने र प्रभावित र आकासिएको बजार मूल्य विस्तारै सामान्यीकरणतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।’ उक्त अवरोध छिट्टै खुल्ने र यसबाट प्रभावित बनिरहेको आपूर्ति शृङ्खला तथा आकासिएको बजार मूल्य विस्तारै सामान्यीकरणतर्फ उन्मुख हुने अपेक्षा नेपालले राखेको छ।

नेपाली नागरिकहरूको सुरक्षा र ‘कन्ट्रोल रुम’ को समय परिमार्जन
पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अवस्था सामान्य रहेको र उनीहरूको सुरक्षा एवं हितका विषयमा सरकार निरन्तर सजग रहेको मन्त्रालयले जनाएको छ। परिस्थिति सुधारोन्मुख भएसँगै मन्त्रालयमा स्थापना गरिएको ‘इमर्जेन्सी कन्ट्रोल रुम’ को सञ्चालन समयमा केही परिमार्जन गरिएको छ। ‘यसअघि २४सै घण्टा सञ्चालनमा रहेको कन्ट्रोल रुमलाई अब स्थिति सामान्य बन्दै गएकाले बिहान ९ बजेदेखि राती ९ बजेसम्म मात्र सञ्चालन गरिनेछ,’ प्रवक्ता क्षेत्रीले भने । यद्यपि, कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली र उक्त क्षेत्रका नेपाली नियोगका हटलाइनहरू भने निरन्तर सञ्चालनमै रहनेछन्।

हालसम्म उक्त कन्ट्रोल रुममा १६० भन्दा बढी फोन कल, ५० भन्दा बढी इमेल, ११० भन्दा बढी अनलाइन म्यासेजिङ प्लेटफर्म र १० जना भौतिक रूपमा उपस्थित भई कुल ३३० भन्दा बढी पटक सम्पर्क भइसकेको मन्त्रालयले जनाएको छ। पछिल्लो ४८ घण्टामा भने जम्मा २ पटक मात्र सम्पर्क भएको छ। यसै गरी कन्सुलर सेवा विभागको अनलाइन फाराम भर्ने नेपालीको सङ्ख्या ८७,८६३ पुगेको छ, जसमा पछिल्लो १४ दिनमा जम्मा १२ जनाले मात्र दर्ता गराएका छन्।

मन्त्रालयका अनुसार इरानमा रहेका ११ जना नेपालीमध्ये स्वैच्छिक रूपमा तेहरानमै रहेका १० जना हाल पूर्ण सुरक्षित छन् र उनीहरू दोहास्थित नेपाली नियोगको निरन्तर सम्पर्कमा रहेका छन्। त्यहाँबाट हालै एकजना बाहिरिएको र एकजना थपिएकाले तेहरानमा नेपालीको सङ्ख्या १० नै कायम रहेको छ।

इरानको ‘बन्दर अब्बास’ मा थुनामा राखिएका नेपाली नागरिक अमृत झाका विषयमा गत सोमबार नै विज्ञप्ति जारी गरी सत्यतथ्य सार्वजनिक गरिसकिएको प्रवक्ता क्षेत्रीले जानकारी दिए। यो मुद्दा इरानको स्थानीय अदालतमा विचाराधीन रहेको र यसको निरूपण इरानी कानुनअनुसार नै हुने भएकाले, उपलब्ध सबै माध्यमको प्रयोग गरी झाको निष्पक्ष सुनुवाइ सुनिश्चित गर्न नेपाल सरकारले निरन्तर कूटनीतिक पहल जारी राखेको मन्त्रालयले स्पष्ट पारेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit