Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण

खानेपानी सञ्चित गर्न ट्याङ्की वितरण
विज्ञापन
Advertisement

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका १०६ उपभोक्तालाई खानेपानी सञ्चित गर्न ट्याङ्की प्रदान गरिएको छ । वर्षौँदेखि खानेपानीको समस्या खेप्दै आएका नुनथलावासीलाई पानी सङ्कलन गर्न मझुवागढी–१३ ले निःशुल्क ट्याङ्की वितरण गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

‘नुनथलामा लामो समयदेखि खानेपानीको समस्या छ । नुनथलाका २४५ घर उपभोक्ताले २०४१ सालमा सञ्चालित लोचाखोला मुहानको खानेपानी योजनाबाट पानी उपभोग गरिरहेका छन्’, वडाध्यक्ष भगेश्वर राईले भने, ‘पानीको स्रोत सानो भएकाले हरेक दिन १२ घण्टा जम्मा गरेर तीन घण्टा वितरण गर्ने गरिएको छ । अधिकांशको घरमा उक्त पानी सङ्कलन गरेर राख्ने भाँडो छैन, धारामा आएको समयमा पानी थाप्न नपाउने घरपरिवारले उपभोग गर्न नपाउने भएपछि ट्याङ्की वितरण गरिएको हो ।’

यसका लागि वडाले यस वर्ष रु १० लाख रकम विनियोजन गरेको थियो । लोचाखोला खानेपानी योजना मर्मतका लागि तत्कालीन १ नम्बर प्रदेश सरकारले २०७८ सालदेखि क्रमागत योजनाअन्तर्गत बजेट तथा सामग्री उपलब्ध गराउँदै आएको छ ।

यद्यपि, उक्त योजनामा कति खर्च भयो भन्ने वडा कार्यालयसँग एकीन विवरण छैन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने नुनथलाको अधिकांश क्षेत्रमा खानेपानीको समस्या छ । नुनथलाको खानेपानी समस्या समाधानका लागि मुहानको अभाव रहेको वडाध्यक्ष राईले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit