Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

नयाँ वर्षलाई शेयर बजारको स्वागत, २७ अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

नयाँ वर्षलाई शेयर बजारको स्वागत, २७ अंकले बढ्दा कारोबार रकम पनि बढ्यो
विज्ञापन
Advertisement

काठमाडाैं। साताको दोस्रो र नयाँ वर्षको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक २७.१४ अंकले बढेर २ हजार ६८९.२२ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढ्दा कारोबार रकम पनि बढेको छ । यो दिन ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन विकास बैंक तर्फ लगानीकर्ता झुम्मिएका छन् । यो समूहको सूचक २.४० प्रतिशतले बढेको छ भने १२ वटै समूहको सूचक हरियाली बनेका छन् । विकास बैंक समूहपछि, फाइनान्स, होटल तथा पर्यटन, लगानीगत समूहको सूचक उल्लेख बढेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

यो दिन बलेफी हाइड्रो पावर, एनआरएन इन्फाष्ट्रचर एण्ड बैंकको सर्वाधिक कारोबार भएको छ । बलेफी हाइड्रो पावर कम्पनीको एकैदिन २ अर्ब माथिको कारोबार भएको छ। यो दिन कर्पोरेट डेभलपमेन्ट, ग्र्रीन डेभलपमेन्ट,सप्तकोशी डेभलपमेन्टको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्ने कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै,वेन नेपाल लघुवित्त, आत्मनिर्भर लघुवित्तको शेयर मूल्य घटेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit