काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सगरमाथाको ३१औं सफल आरोहणका लागि शुभकामना दिँदै बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ।
बैंकले सोमबार आयोजना गरेको विशेष कार्यक्रममार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई ब्यानर हस्तान्तरण गरेका हुन्। कामी रिता शेर्पाले यसअघि पनि दुईपटक लुम्बिनी विकास बैंकको ब्यानर विश्वकै सर्वोच्च शिखर सगरमाथामा पुर्याइसकेका छन्। यो उनको तेस्रोपटक बैंकको लोगो बोकेर सगरमाथा आरोहण हुने भएको हो। सगरमाथाको ८,८४८.८६ मिटर अग्लो शिखर चढ्न लागेका शेर्पाले आफ्नो यो अभियान केवल व्यक्तिगत मात्र नभई, परिवार, शेर्पा समुदाय र सम्पूर्ण नेपालका लागि गौरवको विषय भएको बताएका छन्।
विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकसँग ‘निरन्तर सहयात्रा गर्दै आइरहेका शेर्पाको योगदानप्रति बैंकले आभार प्रकट गर्दै सफल आरोहणको कामना गरेको छ। बैंकले शेर्पाको साहसिक कार्यले संस्था मात्र नभई सम्पूर्ण राष्ट्रलाई गौरवान्वित बनाएको बताएको छ। देशभरका सातै प्रदेशमा आफ्नो उपस्थिति विस्तार गरिसकेको लुम्बिनी विकास बैंकले हाल ८९ शाखा र एक विस्तारित शाखामार्फत आधुनिक, सुरक्षित तथा प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्