Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मालढुंगा–बेनी सडकको भौतिक प्रगति ७० प्रतिशत

मालढुंगा–बेनी सडकको भौतिक प्रगति ७० प्रतिशत
विज्ञापन
Advertisement

म्याग्दी । १३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ।

विज्ञापन
Advertisement
Advertisement

मालढुङ्गा–बेनी सडक स्तरोन्नति आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले मालढुङ्गातर्फदेखि जलजला गाउँपालिका –८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर २०० मिटर कालोपत्र भएको, केराबारी–मिलनचोक–लामाखेत खण्डमा थप पाँच किलोमिटर कालोपत्र गर्ने तयारी भएको जानकारी दिए। करिब दुई किलोमिटर ढलान पनि गरिएको छ।

चार वर्षअघि ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेर थालिएको स्तरन्नति नदीजन्य निर्माण सामग्रीको अभावका कारण निर्धारित समयमा पूरा हुन नसकेको उनले बताए। पर्वतबेनी, मिलनचोक र लस्ती बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलो हुँदा निर्माण प्रभावित भएको थियो।

हालसम्म यो सडकको भौतिक प्रगति ७० प्रतिशत भएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर खण्डमा कालोपत्र गर्ने अन्तिम तयारी भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit