Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

‘कर वृद्धिबारे निर्णय अब चीनको हातमा छ’

‘कर वृद्धिबारे निर्णय अब चीनको हातमा छ’
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ खरिद सम्झौताबाट पछि हटेपछि दुई देशबीचको व्यापारिक सम्बन्ध कस्तो बनाउने भन्ने विषय अब चिनले उठाउने कदमले तय गर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

व्यापारका विषयमा वार्ताको टेबुलमा आउने वा नआउने निर्णयका लागि बल अब चीनको हातमा रहेको ट्रम्पकी प्रेस सचिव कारोलिन लेभिटले बताइन ।

‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,’ ट्रम्पकी प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको वक्तव्यमा भनिएको छ । लेभिटले भनिन्, ‘चीन र अन्य कुनै पनि देशबीच कुनै भिन्नता छैन, फरक यत्ति हो भूगोलका हिसाबले कुनै ठूलो छ र कुनै सानो छ।’

ट्रम्पले अमेरिकी उड्डयन कम्पनी बोइङसँगको ठूलो सम्झौताबाट चीनपछि हटेको बताएपछि लिभिटको यो टिप्पणी आएको हो ।

ब्लुमबर्गको एक समाचार रिपोर्टपछि बेइजिङले एयरलाइन्सहरूलाई बोइङ कम्पनीका जेटहरूको थप डेलिभरी नलिन आदेश दिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit