Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

युद्ध रोक्ने इरान–अमेरिका सम्झौता अघि अराघचीले भने – सबै मोर्चामा युद्ध नरोके सम्झौता अस्वीकार्य

युद्ध रोक्ने इरान–अमेरिका सम्झौता अघि अराघचीले भने – सबै मोर्चामा युद्ध नरोके सम्झौता अस्वीकार्य
विज्ञापन
Advertisement

इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्यलाई सबैभन्दा महत्त्वपूर्ण सर्तका रूपमा अघि सारेको प्रस्ट पारेका छन् । उनका अनुसार मध्यपूर्वका विभिन्न मोर्चामा जारी सङ्घर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न सकिँदैन ।

विज्ञापन
Advertisement
Advertisement

‘हाम्रो बुझाइमा यो सम्झौतामा दुई पक्ष छन्ए-कातर्फ अमेरिका र इजरायल, अर्कोतर्फ इरान र हिजबुल्लाह’, सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराघचीले थप भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको लेबनानसहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य हो । लेबनानमा युद्ध अन्त्य हुनु नै पूर्ण युद्ध अन्त्यको अभिन्न अङ्ग हो ।’

यो टिप्पणी तेहरान र वासिङ्टनबीच फेब्रुअरी २८ मा मध्यपूर्व युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारी ज्ञापनपत्र घोषणा भएपछि आएको हो। उक्त युद्ध इरानमा भएको अमेरिका–इजरायली आक्रमणपछि फैलिएको थियो । इरानको सर्वोच्च नेताको हत्यापछि इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेसँगै लेबनान मार्चको सुरुआतमा युद्धमा तानिएको थियो । त्यसपछि इजरायलले लेबनानमा सैन्य कारबाही र स्थल आक्रमण तीव्र बनाएको थियो ।

अराघचीका अनुसार इजरायली सेना कब्जा गरिएका क्षेत्रबाट पूर्ण रूपमा फिर्ता नभएसम्म युद्ध अन्त्य भएको मान्न सकिँदैन । उनले भने, ‘कब्जा गरिएका भूभागबाट इजरायली सेना फिर्ता नभएसम्म यो युद्ध समाप्त भएको मानिने छैन ।’ उनले इजरायलको निरन्तर सैन्य गतिविधिलाई सम्झौताको उल्लङ्घनका रूपमा व्याख्या गर्दै भने, ‘लेबनानमा जियोनिस्ट शासनद्वारा हुने कुनै पनि सैन्य आक्रमण वा लेबनानी भूभागमा निरन्तर कब्जा समझदारी ज्ञापनपत्रको उल्लङ्घन हुनेछ ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेना आवश्यक परेसम्म लेबनान, सिरिया र गाजामा रहने बताउँदै आएका छन् । सोमबार सम्झौताको घोषणा भएलगत्तै हिजबुल्लाहले दक्षिणी लेबनानमा अगाडि बढ्न खोजिरहेका इजरायली सेनामाथि आक्रमण गरेको दाबी गरेको छ ।

यसैबीच, इरान र अमेरिकाबीच शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक सम्झौता हुने अपेक्षा गरिएको छ । विदेशमन्त्री अराघचीका अनुसार हस्ताक्षरपछि इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी विस्तृत वार्ता सुरु हुनेछ । ‘सम्भवतः शुक्रबार निश्चित स्थानमा इरान र अमेरिकाबीच अन्तिम सम्झौताका लागि वार्ताको नयाँ चरण सुरु हुनेछ’ उनले भने ।

अराघचीका अनुसार अन्तिम सम्झौतामा आणविक गतिविधि नियन्त्रण र इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने विषय निर्णायक रहनेछ । यसलाई मध्यपूर्वको दीर्घकालीन शान्तिका लागि महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ । रासस/एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit