Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अमेरिका र इरानबीच युद्ध अन्त्यको लागि प्रारम्भिक सहमति, स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने

अमेरिका र इरानबीच युद्ध अन्त्यको लागि प्रारम्भिक सहमति, स्वीट्जरल्याण्डमा हस्ताक्षर हुने
विज्ञापन
Advertisement

काठमाडौं । महिनौँदेखि जारी द्वन्द्व र युद्धविरामका बीच अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने एउटा प्रारम्भिक सम्झौतामा सहमति भएको छ।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’ र इरानी अधिकारीहरूले समाचार संस्था रोयटर्समार्फत यस सम्झौताको पुष्टि गरेका छन्। सम्झौता सम्बन्धी समझदारीपत्रमा आगामी शुक्रबार अर्थात् जुन १९ तारिखमा स्वीट्जरल्याण्डमा हस्ताक्षर हुनेछ।

इरान र अमेरिकाबीच हर्मुज जलमार्ग खुला गर्ने प्रारम्भिक सहमती भएको छ। त्यसैगरी, सम्झौताका लागि मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार लेबननसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य हुने सहमति भएको छ।

यसैगरी, इरानको आणविक कार्यक्रम र सम्पत्ति फुकुवा गर्न ट्रम्प राजनी हुनसक्ने बताइएको छ। आगामी ६० दिने वार्तामा इरानको आणविक कार्यक्रमको भविष्य र प्रतिबन्धहरू हटाउने विषयमा छलफल हुनेछ। प्रारम्भिक मस्यौदाअनुसार अमेरिकाले इरानको २५ अर्ब डलर बराबरको रोक्का सम्पत्ति फुकुवा गर्न सक्नेछ।

यस वार्तामा इसराइल सहभागी थिएन र उसले हालसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया समेत दिएको छैन।

यो द्वन्द्व गत फेब्रुअरी २८ मा अमेरिकी र इजरायली सेनाले इरानमाथि आक्रमण गरेपछि सुरु भएको थियो, जसमा हजारौँ मानिसले ज्यान गुमाएका छन् भने अमेरिकाले मात्र अर्बौं डलर खर्च गरेको रिपोर्टहरु आएका छन् । अमेरिका –इजराइलले मध्यपूर्वमा छेडेको द्वन्दको मूल्य हाल विश्वका विभिन्न दशले चुकाउँदै आएका छन् । जुन १९ तारिखमा स्वीट्जरल्याण्डमा हुने भनिएको दुईपक्षबीचको हस्ताक्षरलाई महत्वपूर्ण रुपमा हेरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit