Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अमेरिका–इरानबीच १४ बुँदे एमओयू, ६० दिनभित्र अन्तिम सम्झौताको लक्ष्य

अमेरिका–इरानबीच १४ बुँदे एमओयू, ६० दिनभित्र अन्तिम सम्झौताको लक्ष्य
विज्ञापन
Advertisement

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव कम गर्दै होर्मुज जलमार्ग पुनः सञ्चालन, इरानको आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी अन्तिम सम्झौताका लागि १४ बुँदे समझदारीपत्र (एमओयू) मा सहमति भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानको तर्फबाट समझदारी अनुमोदन भएसँगै वार्ता प्रक्रिया नयाँ चरणमा प्रवेश गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

समझदारीअनुसार होर्मुज जलमार्ग तत्काल पुनः सञ्चालन गर्ने, इरानको समृद्ध युरेनियम भण्डारण व्यवस्थापन गर्ने तथा चरणबद्ध रूपमा आर्थिक प्रतिबन्ध खुकुलो बनाउने विषयमा सहमति भएको जनाइएको छ। अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीका अनुसार सम्झौताले इरानलाई आणविक हतियार विकास नगर्ने प्रतिबद्धतामा बाँध्ने र सकारात्मक व्यवहारका आधारमा प्रतिबन्धसम्बन्धी सहुलियत विस्तार गर्ने आधार तयार गरेको छ।

इरानका विदेश मन्त्रालयका प्रवक्ताले पनि समझदारीको अन्तिम मस्यौदामा दुवै पक्षले हस्ताक्षर गरेको पुष्टि गरेका छन्। उनका अनुसार ओमानसहित विभिन्न मुलुकको मध्यस्थतामा लामो समयदेखि परामर्श भइरहेको थियो र होर्मुज जलमार्ग व्यवस्थापनका अधिकांश विषयमा सहमति जुटेको छ।

समझदारीपत्रमा तत्काल र स्थायी रूपमा सैन्य गतिविधि अन्त्य गर्ने, लेबनानसँग सम्बन्धित सैन्य गतिविधि रोक्ने तथा ६० दिनभित्र अन्तिम सम्झौताको वार्ता सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आवश्यक परे दुवै पक्षको सहमतिमा उक्त अवधि थप गर्न सकिने व्यवस्था पनि गरिएको छ।

यसैगरी अमेरिकाले समुद्री नाकाबन्दी तथा सम्बन्धित प्रतिबन्ध हटाउने प्रक्रिया सुरु गर्ने र इरानले प्रारम्भिक ६० दिनसम्म होर्मुज जलमार्गबाट व्यापारिक जहाजहरूको निःशुल्क आवतजावत सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

समझदारीमा चरणबद्ध रूपमा आर्थिक प्रतिबन्ध हटाउने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने, अमेरिकी ट्रेजरीबाट विशेष छुट उपलब्ध गराउने तथा करिब २५० देखि ३०० अर्ब अमेरिकी डलर बराबरको पुनर्निर्माण तथा आर्थिक विकास कार्यक्रम सञ्चालन गर्ने विषय पनि समावेश गरिएको बताइएको छ।

यस्तै, इरानले आणविक हतियार विकास वा प्राप्त नगर्ने प्रतिबद्धता जनाएको छ भने समृद्ध युरेनियम भण्डारणको भविष्यबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निगरानीमा थप छलफल हुने व्यवस्था गरिएको छ। यद्यपि समझदारीबारे सम्बन्धित पक्षहरूबाट विस्तृत संयुक्त घोषणा भने सार्वजनिक भइसकेको छैन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit