काठमाडाैं । जापानी प्रविधिमा आधारित र भारतमा उत्पादित बस तथा ट्रक निर्माता एस एम एल इसुजुले नेपालको लागि लक्ष्मी ग्रुपलाई एक मात्र आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ। नेपाली भू–बनोट र यातायात बजारमा प्रभावकारी रूपमा लोकप्रिय एस एम एल इसुजुका सवारीसाधनहरू विगत लामो समयदेखि नेपाली उपभोक्ताहरूको विश्वास जित्दै आएका छन्।
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल्सले विगत सात वर्षदेखि एस एम एल इसुजुका सवारीसाधनहरू बिक्री गर्दै आएको छ। कम्पनीका सेल्स हेड सञ्जय खड्काका अनुसार, हाल कम्पनीको नेपालभर सातै प्रदेशमा सेल्स तथा सर्भिस नेटवर्क छ, र आगामी दिनहरूमा यो सञ्जाल अझै विस्तार गरिनेछ।
खड्काका अनुसार, ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै देशभर स्पेयर पार्ट्सको उपलब्धता सुनिश्चित गरिनेछ। कम्पनीले यस ब्राण्डप्रति देखाएको समर्पण, प्रतिबद्धता र मेहनतलाई मूल्याङ्कन गर्दै एस एम एल इसुजुले लक्ष्मी ग्रुपलाई एक मात्र आधिकारिक वितरकको जिम्मेवारी दिएको हो। यस निर्णयबाट आफूहरू अत्यन्त खुसी र उत्साहित भएको खड्काले बताए।
एस एम एल इसुजुले नेपाली बजारमा लाइट र मिडियम ट्रक, टिप्पर, स्कुल बस तथा स्टाफ बस लगायत विभिन्न क्षमताका सवारीहरू उपलब्ध गराउँदै आएको छ। विशेषगरी स्कुल बस सेग्मेन्टमा ब्राण्डले विगत लामो समयदेखि अग्रणी स्थान ओगट्दै आएको पनि जानकारी दिइएको छ।

















प्रतिक्रिया दिनुहोस्