Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बहुरूपीको बहुरूपस् राजधानीका सात स्थानबाट नयाँ शैलीमा पुस्तक लोकार्पण

बहुरूपीको बहुरूपस् राजधानीका सात स्थानबाट नयाँ शैलीमा पुस्तक लोकार्पण
विज्ञापन
Advertisement

काठमाडौं ।युवा लेखक श्रेयज सुवेदीको पहिलो कथा सङ्ग्रह ‘बहुरूपी’ राजधानीका सात स्थानबाट नयाँ शैलीमा बहुरूपी तरिकाले लोकार्पण गरिएको छ। शनिबार पाठकहरूसँग प्रत्यक्ष अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै एकैसाथ सात स्थानमा पुस्तक सार्वजनिक गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

बुक्स मण्डला बालुवाटार, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर, लबिम मल ललितपुर, चियामाया झम्सिखेल र पिमवहालमा राखिएको बुक स्टलमार्फत पाठकहरूसँग लेखकको भेटघाटसहित बहुरूपी बिक्री गरिएको थियो।

स्टलमा पुगेका पाठकहरूका अनुसार सिनेमाको जस्तै प्रचारप्रसारमार्फत पुस्तक बजारमा ल्याइएको देख्दा उनीहरूलाई नयाँ अनुभव मिलेको थियो। पाठक अंशुले भनिन्, “लेखनमा सधैं नयाँ प्रयोग गर्न रुचाउने श्रेयजको किताब पनि नयाँ तरिकाले आएको छ, पुस्तकलाई हजारौँ पाठकले माया गरून्।”

पुस्तक लोकार्पणको परम्परागत ढर्रालाई तोड्दै, नयाँ बजार व्यवस्थापनको अभ्यास गरिएको बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए। “कतिपय उत्कृष्ट पुस्तकहरू पनि लक्षित पाठकसम्म पुग्दैनन्,” उनले भने, “नयाँ तरिकाले प्रचार गर्दा पाठकमा चासो र आकर्षण बढ्न सक्छ, ‘बहुरूपी’मा हामीले त्यही अभ्यास गरेका हौँ।”

शान्त स्वभावका श्रेयज सुवेदीले फरक तरिकाले लोकार्पण भएकोमा आफू खुसी लागेको बताए। “मेरो लेखनमा मेरो शैलीको आत्मीयता छ,” उनले भने, “आजको लोकार्पणले त्यसको सुरुवात गरेको महसुस भएको छ।”

१५ वटा कथाहरू समेटिएको बहुरूपीुमा मधेशको जीवन, भूगोल, भाषा, प्रकृति र स्थानीयता, साथै युवाका मनोविज्ञान, सपना र भोगाइलाई समेटिएको छ। छ वटा खण्डमा विभाजित यी कथाहरू परम्परागत कथावाचन शैलीभन्दा फरक रूपमा प्रस्तुत गरिएका छन्।

बुकहिल पब्लिकेसनले महत्त्वाकांक्षी पुस्तकको रूपमा प्रकाशित गरेको यो पुस्तक २२८ पृष्ठको छ र यसको बजार मूल्य ५५५ रुपैयाँ तोकिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit