Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बागमतीमा लक्ष्यअनुसार राजस्व उठेन, लक्ष्यको आधा मात्र संकलन

बागमतीमा लक्ष्यअनुसार राजस्व उठेन, लक्ष्यको आधा मात्र संकलन
विज्ञापन
Advertisement

काठमाडौं । बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन् । सम्बन्धित कार्यालयका कर्मचारीका अनुसार घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व संकलन हुन नसकेको हो।

विज्ञापन
Advertisement
Advertisement

घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारी कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ। दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ संकलन हुने अनुमान गरिएकोमा नौ महिनामा १६ अर्ब ७४ करोड २० लाख ८६ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालका अनुसार आव २०८१/८२ मा घरजग्गा रजिष्ट्रेसनबाट सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ महिनामा तीन अर्ब ३९ करोड ७१ लाख ७० हजार रुपैयाँ संकलन भएको छ।

त्यसैगरी, सवारीसाधन जाँचपास, ‘रुट परमिट’, सवारीचालक अनुमतिपत्र जारी तथा नवीकरणअन्तर्गत सवारीकरबापत आव २०८१/८२ मा सात अर्ब ५० करोड राजस्व संकलनको लक्ष्य निर्धारण भएकामा नौ महिनामा चार अर्ब ९३ करोड ५४ लाख ८९ हजार रुपैयाँ मात्र संकलन भएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) बापत आठ अर्ब ६१ करोड ८५ लाख प्राप्त हुने अनुमान गरिएकामा पाँच अर्ब ६४ करोड ८१ लाख रुपैयाँ मात्र संकलन भएको छभने अन्तःशुल्क करबापत तीन अर्ब ६९ करोड ३६ लाख रुपैयाँ प्राप्त हुने अनुमान कार्यालयको रहेकोमा एक अर्ब ९२ करोड ४१ लाख २१ हजार रुपैयाँ मात्र असुली भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit