Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रधानमन्त्रीसँग युएइका उपप्रधानमन्त्री नाह्यानले गरे भेट, युएइ स्वतन्त्र व्यापार सम्झौता गर्न तत्पर 

प्रधानमन्त्रीसँग युएइका उपप्रधानमन्त्री नाह्यानले गरे भेट, युएइ स्वतन्त्र व्यापार सम्झौता गर्न तत्पर 
विज्ञापन
Advertisement
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अरब इमिरेट्स (युएइ) का उपप्रधानमन्त्री एवं विदेशमन्त्री शेख अब्दुल बिन जायेद अल नाह्यानले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी मित्रवत सम्बन्धका विविध पक्षका साथै व्यापार र लगानीका विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको  सचिवालयले जनाएको छ ।
भेटका क्रममा उपप्रधानमन्त्री नाह्यानले युएइका व्यावसायीलाई नेपालको पर्यटन, ऊर्जा, कृषि आदि क्षेत्रमा व्यापार र लगानी विस्तारका लागि प्रोत्साहन गर्ने बताए । नेपालको दुई दिने भ्रमणका लागि मङ्गलबार काठमाडौं आएका नाह्यानले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता गर्न आफूहरु तत्पर रहेको बताए ।
प्रधानमन्त्री ओलीले विकासको मार्गमा युएइले गरेको तीव्र प्रगतिको प्रशंसा गर्दै नेपालमा जलविद्युत, हरित ऊर्जा, हाइड्रो इनर्जी आदि क्षेत्रमा लगानी विस्तारका लागि आग्रह गरे ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit