Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

युबुकन एसिया २०२५ नेपालमा : नेपाली प्रविधि क्षेत्रका लागि ऐतिहासिक अवसर

युबुकन एसिया २०२५ नेपालमा : नेपाली प्रविधि क्षेत्रका लागि ऐतिहासिक अवसर
विज्ञापन
Advertisement

काठमाडाैं । आगामी साउनमा काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलनहरूमध्येकाे एक युबुकन एसिया २०२५, आयोजना गर्ने भएको छ। विश्वभरका प्रविधि विज्ञहरू सहभागी हुने यस सम्मेलनमा सिलिकन भ्याली, युरोप र एशियाका विभिन्न प्रविधि केन्द्रहरूबाट २० भन्दा बढी सूचना प्रविधि प्रशिक्षकहरूले सत्र सञ्चालन गर्नेछन्। यो नेपालमा यति ठूलो खुला स्रोत सम्मेलन पहिलो पटक आयोजना हुन लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

सम्मेलनका संयोजक आदित्य सिंहका अनुसार हालसम्म १० भन्दा बढी मुलुकका ५० भन्दा बढी प्रस्तुतीकरण प्रस्तावहरू प्राप्त भइसकेका छन्, तर नेपाली सहभागिता थप बढाउने प्रयास जारी छ। यो घोषणा मार्च ३० मा सेंट जेवियर कलेज, सम्मेलन स्थलमा अन्तर्राष्ट्रिय आयोजक टोलीसँगको बैठकमा गरिएको थियो।

सम्मेलनमा ३० मिनेटका प्रविधिक प्रस्तुतीकरण, ९० मिनेटका कार्यशाला (वर्कसप) र छोटो लाइटनिङ टक जस्ता विभिन्न ढाँचाका सत्रहरू रहनेछन्। कृत्रिम बुद्धिमत्ता, क्लाउड पूर्वाधार र साइबर सुरक्षा जस्ता विषयहरू समेटिने गरी ६ वटा विषयगत ट्रयाकहरू तय गरिएको छ। सम्मेलनको लागि ‘अर्ली बर्ड’ दर्ता मे महिनादेखि आधिकारिक युबुकन एसिया पोर्टल र स्थानीय टिकटिङ साझेदारमार्फत खुल्नेछ।

सम्मेलन अध्यक्ष आदित्य सिंहका अनुसार युबुकन एसिया नेपालको प्रविधि क्षेत्रलाई सशक्त बनाउन एउटा ठूलो अवसर हुने बताए । कार्यशाला सत्रहरूमा कम्तिमा २५ प्रतिशत स्थान नेपाली वक्ताहरूका लागि छुट्याउने प्रयास भइरहेको उनको भनाई छ ।

हाल तयारी तीव्र गतिमा भइरहेको छ र अन्तर्राष्ट्रिय खुला स्रोत समुदायको नजर काठमाडौंमाथि केन्द्रित भएको छ। प्रस्तुतीकरण प्रस्तावहरू पठाउने अन्तिम म्याद अप्रिल १५ सम्म कायम छ भने सहभागीहरूले मे महिनामा खुल्ने दर्ताका लागि तयारी गर्न सक्नेछन्। सम्मेलनले सहभागिहरूलाई ‘मेन्टोरशिप राउन्ड टेबल’ र अन्य अतिरिक्त गतिविधिहरूमा पनि सहभागी हुने अवसर प्रदान गर्नेछ।

नेपालका लागि यति ठूलो सम्मेलन आयोजना हुनु राष्ट्रिय गौरवको विषय भएको सिंहको दाबी छ । उनले भने,‘ यो सम्मेलनलाई हालसम्मकै सबैभन्दा ठूलो युबुकन एसिया बनाउने लक्ष्य राखेका छौं ।’ खुला स्रोत प्रविधि संस्कृतिलाई नेपालमा प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय खुला स्रोत समुदाय र नेपाली प्रविधि क्षेत्रबीच पुल निर्माण गर्ने अपेक्षासहित सम्पूर्ण देश उत्साहित रहेको आयोजक टोलीले जनाएको छ।

१० भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरूको आगमनले नेपाललाई विश्वव्यापी प्रविधि समुदायमा उजागर गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit