Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक पात्रो लागू, भर्नादेखि नतिजासम्म समयसीमा तय

विश्वविद्यालयमा राष्ट्रिय शैक्षिक पात्रो लागू, भर्नादेखि नतिजासम्म समयसीमा तय
विज्ञापन
Advertisement

काठमाडौं । उच्च शिक्षालाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा आएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले परिमार्जित राष्ट्रिय शैक्षिक पात्रो स्वीकृत गर्दै सबै विश्वविद्यालयमा लागू गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयले मंगलबार मन्त्रिस्तरीय निर्णयमार्फत यसअघि स्वीकृत ‘उच्च शिक्षाको राष्ट्रिय शैक्षिक पात्रोसम्बन्धी प्रतिवेदन–२०८०’ लाई समयानुकूल परिमार्जन गरी नयाँ राष्ट्रिय शैक्षिक पात्रो स्वीकृत गरेको जनाएको छ। साथै, कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालयलाई परिपत्र गर्ने निर्णय पनि गरिएको छ।

आयोगका अनुसार राष्ट्रिय शैक्षिक पात्रो लागू भएसँगै विश्वविद्यालयमा भर्ना, अध्यापन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन तथा अन्य शैक्षिक गतिविधि निर्धारित समयतालिकाअनुसार सञ्चालन हुनेछन्। यसले विश्वविद्यालयहरूबीच शैक्षिक गतिविधिलाई एकरूप र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास आयोगको छ।

यो व्यवस्था सरकारको शासकीय सुधारसम्बन्धी सय दिने कार्यसूचीअन्तर्गत विश्वविद्यालय तहका स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा निर्धारित समयभित्र सार्वजनिक गर्ने लक्ष्यअनुसार कार्यान्वयनमा ल्याइएको हो।

विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक रमेशप्रसाद अधिकारीका अनुसार परिमार्जित पात्रो कार्यान्वयनपछि शैक्षिक गतिविधि समयमै सम्पन्न हुने र विद्यार्थी तथा विश्वविद्यालय दुवैलाई लाभ पुग्ने अपेक्षा गरिएको छ।

आयोगले यसअघि २०८० सालमा स्वीकृत शैक्षिक पात्रोलाई बदलिँदो आवश्यकता अनुसार संशोधन गर्न समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा परिमार्जित पात्रो तयार गरी मन्त्रालयबाट स्वीकृत गरिएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit