Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति

सुनसरीमा हावाहुरी र वर्षाले मकै र आँपमा क्षति
विज्ञापन
Advertisement

सुनसरी। गएरातिको हावाहुरी र वर्षाले सुनसरीमा मकैखेती र आँपखेतीमा ठूलो क्षति गरेको छ । सुनसरी सदरमुकाम इनरूवासहित देवागञ्ज, भोक्राहा, बराहक्षेत्र, हरिनगरलगायतका क्षेत्रमा गरिएको मकैखेती र आँपखेतीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

जिल्लाको विभिन्न ठाउँमा सघन र व्यावसायिक रूपमा मकैखेती गरिँदै आइएको छ । भित्र्याउने बेलामा हावाहुरीसँगै वर्षाले मकैखेतीमा क्षति पुर्‍याएको उनले जानकारी दिए । मकै भित्र्याउने बेलामा हावाहुरी र वर्षाले बिरूवा खेतमै रहेको, मकैमा लागेको फूल झरेको, फलसमेत खसेका कारणलेठूलो नोक्सानी भएको छ । त्यसैगरी, आँपमा समेत क्षति भएको उनले जानकारी दिए ।

आँपमा चिचिला लागेका बेलामा हावाहुरीसहित आएको पानी र चट्याङबाट नोक्सानी भएको उनले बताए। त्यसैगरी, लौका, काँक्रा, करेला, परवल, बोडीलगायत लहरे तरकारी बालीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।

गएराति हावाहुरीसँगैको वर्षाका कारणले सुनसरीमा कृषि क्षेत्रमा भएको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख सिंहले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit