Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

डाइनामिक टेक्नोसफ्टले १६ औँ वर्षमा अन्तर्राष्ट्रिय बजारमा पाइला टेक्दै

डाइनामिक टेक्नोसफ्टले १६ औँ वर्षमा अन्तर्राष्ट्रिय बजारमा पाइला टेक्दै
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालको अग्रणी सफ्टवेयर विकास कम्पनी डाइनामिक टेक्नोसफ्टले आफ्नो १६ औँ वार्षिकोत्सव मनाउँदै अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट स्थापना भएको डाइनामिक टेक्नोसफ्टले हालसम्म नेपाल, भारत र जापानमा गरी २२०० भन्दा बढी ग्राहकहरूको विश्वास जितेको छ। कम्पनीले यस अवसरमा आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादनहरूमा १५ प्रतिशत विशेष छुट अफर पनि सार्वजनिक गरेको छ।

डाइनामिक टेक्नोसफ्टले शिक्षा, स्वास्थ्य, निर्माण र सेवा क्षेत्रका लागि डिजिटल रूपान्तरणलाई सहज बनाउन ‘डाइनामिक ईआरपी’, ‘एकेडेमिक ईआरपी’, ‘हस्पिटल ईआरपी’, र ‘मेम्बरशिप ईआरपी’ लगायतका अत्याधुनिक सफ्टवेयर समाधानहरू प्रदान गर्दै आएको छ।

नेपालकै पहिलो आन्तरिक राजस्व विभागबाट प्रमाणित ईआरपी सेवा प्रदायक कम्पनीको रूपमा स्थापित डाइनामिक टेक्नोसफ्टसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलर र १०० भन्दा बढी दक्ष प्राविधिकहरू रहेको छ। कम्पनीले हाल ८०० भन्दा बढी विद्यालय तथा कलेजहरू र १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ। साथै, विभिन्न पालिकाहरूमा पनि यसको ईआरपी सोलुसन प्रयोग भइरहेको छ।

आन्तरिक बजारमा उल्लेखनीय सफलता हासिल गरेपछि कम्पनीले अब दुबई, मलेसिया र इन्डोनेसिया जस्ता अन्तर्राष्ट्रिय बजारमा पनि सेवा विस्तारको योजना अघि सारेको छ।

डाइनामिक टेक्नोसफ्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दीपक साहले भने, “१५ वर्षको यात्रामा हामीले विश्वास, प्रतिबद्धता र निरन्तर सुधारको माध्यमबाट प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेका छौं। ग्राहकहरूप्रति हाम्रो उत्तरदायित्वलाई अझ बलियो बनाउन हामी आगामी दिनहरूमा थप नवीनतम सेवा र समाधान लिएर आउनेछौं।”

कम्पनीले सीमित अवधिका लागि आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादनहरूमा १५ प्रतिशत छुट अफर प्रदान गर्ने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit