Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सरकारले तुरुन्त सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गरोस् :  सांसद खतिवडा

सरकारले तुरुन्त सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गरोस् :  सांसद खतिवडा
विज्ञापन
Advertisement

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर तत्काल नियुक्त गर्न माग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले बजेट अधिवेशनमा मौद्रिक र वित्तीय नीतिको मूल्यांकन गर्ने समयमा गभर्नर नियुक्त नहुँदा अर्थतन्त्रमा परेको असरको समेत राम्ररी व्याख्या गर्न नसक्ने अवस्था सिर्जना भएको बताए । उनले सरकारसँग तुरुन्तै गभर्नर नियुक्त गर्न माग गरे ।

“बजेट अधिवेशनका बेला मौद्रिक नीति र वित्तीय नीतिको मूल्यांकन गर्ने बेलामा गभर्नर नियुक्ति भएर अर्थतन्त्रमा परेको असर राम्ररी व्याख्या गर्न नसक्ने अवस्था सिर्जना भयो,” उनले भने, “सरकारले तुरुन्त सिफारिस समिति गठन गरेर गभर्नर नियुक्ति गरोस् ।”

तत्कालिन गभर्नर महाप्रसाद अधिकारीको २०७६ चैत २४ गते सुरु भएको पाँच वर्षे कार्यकाल यही चैत २४ गतेबाट पूरा भएको हो । त्यसयता राष्ट्र बैंकको गभर्नर पद रिक्त छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit