Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

ट्रम्पले ट्यारिफमा लचकता देखाए, अटो क्षेत्रमा आर्थिक दबाब कम गर्ने गरी आजै नयाँ कदम चाल्ने

ट्रम्पले ट्यारिफमा लचकता देखाए, अटो क्षेत्रमा आर्थिक दबाब कम गर्ने गरी आजै नयाँ कदम चाल्ने
विज्ञापन
Advertisement

एजेन्सि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै भन्सार महसुलबाट अटोमोबाइल उद्योगमा देखिएको आर्थिक दबाबलाई सहज बनाउँदै मंगलबारदेखि अटो ट्यारिफको प्रभाव कम गर्ने घोषणा गर्न लागेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

वाणिज्य सचिव हावर्ड लुटनिकका अनुसार स्वदेशमै उत्पादित कारहरूमा प्रयोग हुने विदेशी पार्टपुर्जाहरूमा लाग्ने ट्यारिफ कम गर्न लागिएको हो । यस्तै, विदेशमा बनेका कारहरूमा अनावश्यक दोहोरो शुल्क नलगाउन राष्ट्रपति ट्रम्प सहमत भएका छन् । “यो सम्झौता पहिले नै घरेलु रूपमा उत्पादन गरिरहेका कम्पनीहरूलाई पुरस्कृत गरेर राष्ट्रपतिको व्यापार नीतिका लागि ठूलो जीत हुनेछ भने अमेरिकामा लगानी गर्न र घरेलु उत्पादन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्ने निर्माताहरूलाई एक मार्ग प्रदान गर्नेछ”, लुटनिकले भनेका छन् ।

ट्रम्पको यो कदम राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो एक सय दिन पूरा भएको अवसरमा डेट्रोइट नजिकै मङ्गलबार राति हुने ट्रम्पको र्‍याली अगावै आएको हो । तर, नयाँ घोषणा मंगलबार औपचारिक गरिनेछ ।

द वाल स्ट्रिट जर्नलका अनुसार यो परिवर्तनको अर्थ कार आयातमा २५ प्रतिशत भन्सार महसुल तिर्ने कम्पनीहरूले फलाम र एल्युमिनियम जस्ता अन्य शुल्कहरू तिर्नु पर्दैन । ट्रम्पको यो कदमले स्टिल र एल्युमिनियममा लाग्ने अन्य शुल्कहरूसँग भीडन्त नगरी सन्तुलन कायम राख्ने हुनाले पनि यो कदमलाई महत्वपूर्ण रुपमा हेरिएको छ । अघिल्ला ट्यारिफहरू तिरेका कम्पनीहरूलाई भुक्तानी फिर्ता दिइने समेत रिपोर्टमा उल्लेख गरिएको छ।

अटो ट्यारिफमा आएको लचकता ट्रम्प प्रशासनको व्यापार सम्बन्धी कठोर र कडा नीतिमा आएको परिवर्तनको स्पष्ट संकेत हो ।

जनरल मोटर्स (जीएम) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेरी बार्राले ट्रम्प प्रशासनको उक्त घोषणाको स्वागत गर्दै भनिन् ‘राष्ट्रपति ट्रम्पको नेतृत्वले अमेरिकी निर्माण क्षेत्रका लागि खेलमैदान समतल बनाइरहेको छ। अब हामी अमेरिकामा झन् बढी लगानी गर्न सक्षम हुनेछौं ।’ फोर्डका सीईओ जिम फार्लीले पनि यो निर्णयले अटो उद्योग, आपूर्तिकर्ता र उपभोक्ताहरू सबैलाई राहत दिने बताएका छन् ।

जर्नलका अनुसार प्रशासनले मे ३ मा लागू हुनुपर्ने विदेशी अटो पार्ट्समा केही प्रतिपूर्तिहरू पनि अनुमति दिइरहेको छ । यस्तै, पछिल्ला केही महिनायता अटो ट्यारिफले अमेरिकाको अटो उद्योगमा ल्याएको अस्थिरतालाई उक्त कदमले राहत दिने छ । अमेरिकामा स्टिल, एल्युमिनियम र पाट्समा २५ प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको योजनाले मूल्यवृद्धि, बिक्रीमा गिरावट र आपूर्ति श्रृंखलामा अवरोध ल्याउने चेतावनी दिइएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit