काठमाडौं । म्यान्माका अधिकारीहरूले आङ सान सुकीको तालको किनारको बङ्गला लिलामी गर्न पुनः असफल भएका छन् । जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता सुकीको सम्पत्ति बिक्री गर्न चौथो पटक भएको प्रयासमा लिलामीकर्ताले उक्त बङ्गला खरिद गरेनन् ।
अदालतले नियुक्त गरेको लिलामीकर्ताले याङ्गुनको लिफी युनिभर्सिटी एभेन्यु रोडमा फैलिएको सुकीको दुई तले भवनको १२ करोड ८० लाख डलरको प्रारम्भिक मूल्यमा लिलामी प्रस्ताव राखेका थिए । पत्रकारहरूको समूह र दर्जनभन्दा बढी प्रहरीको निगरानीमा लिलामीकर्ताले तीन पटक सम्म खरिदका लागि सोध्दा बङ्गला खरिदका लागि कसैले चासो देखाएनन् । त्यसपति अन्तमा अधिकारीहरुले भने, “हामी घोषणा गर्दछौँ कि लिलामी सफल भएन ।”
सुकी सन् २०२१ को सैन्य कूद्वारा अपदस्थ भएदेखि जेलमा छिन् । जुन्ता शासनको अघिल्लो अवधिमा उनले सोही बङ्गलामा वर्षौं नजरबन्दमा बिताएकी थिइन् ।
लामो कानूनी विवादपछि उनका टाढिएका भाइले भिल्लाको आधा हिस्साको अधिकार जितेका छन् । यसको बिक्री जुन्ता–नियुक्त अधिकारीहरूद्वारा निरीक्षण भइरहेको छ भने सुकी आधा आम्दानीको हकदार छिन् । हाल सुकीलाई म्यान्माको राजधानी नेपिडोमा जेलमा राखिएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्