Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सहकारीको साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने

सहकारीको साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने
नीति तथा कार्यक्रम सम्बोधनको प्रति हस्तान्तरण काठमाडौँ, १९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेललाई सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८२÷०८३ को लागि सरकारबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम सम्बोधनको प्रति हस्तान्तरण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः रत्न श्रेष्ठ÷रासस
विज्ञापन
Advertisement

काठमाडौं।सहकारीका साना बचतकर्ताको समस्या समाधान गर्न कोष स्थापना गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रममा यस्तो समेटिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त नीति तथा कार्यक्रममा भनिएको छ, ‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरण मार्फत कोष स्थापना गरिनेछ ।’

त्यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत सहरकारी क्षेत्रका समस्याहरू समाधान गरिने भएको छ । यसका साथै सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने भएको छ ।
आगामी आवको नीति तथा कार्यक्रममा सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने विषय प्राथमिकतामा परेको छ ।

सहकारी तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी सूचना प्रणालीको स्तरोन्नति गरिने भएको छ । हाल नेपालमा सहकारीको यकिन तथ्यांक नै छैन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit