Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

साढे दुई अर्ब लागतको दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु

साढे दुई अर्ब लागतको दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान सुरु
विज्ञापन
Advertisement

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निमार्णका लागि रुख कटानको काम सुरु भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका इञ्जीनीयर अनिश केसीले एक साता अघिदेखि रुख कटानको काम थालेको जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

‘एक हप्ता अघिदेखि रुख कटानको काम सुरु भएको हो अहिलेसम्म पाँच सय रुख कटान भइसकेका छन् ।’उनले भने, ‘बन्दरगाह निमार्णका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ ।’ उनका अनुसार रुख कटानका लागि ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार दुबै तर्फबाट काम भइरहेको छ ।

भारतीय पक्षले बन्दरगाह निमार्णका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँँ लागतमा बोलपत्र आह्वान गरिसकेको छ । सुख्खा बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्णको काम सुरु हुनेछ ।

बन्दरगाह निमार्णका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन, सुरक्षा भवन लगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ ।

२०६४ सालमा पहिलो पटक सरकारले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । सरकारले घोषणा गरेको अठार वर्षपछि सुख्खा बन्दरगाह निमार्णको कामले गति लिएको हो । सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit