Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रक्सौल–काठमाडौं ब्रोडगेज रेल लिंकको अन्तिम सर्वेक्षण प्रतिवेदनमाथि नेपाल र भारतबीच छलफल

रक्सौल–काठमाडौं ब्रोडगेज रेल लिंकको अन्तिम सर्वेक्षण प्रतिवेदनमाथि नेपाल र भारतबीच छलफल
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल–भारत सीमापार रेलवे लिंकहरुको निर्माण र नयाँ परियोजनाबारे छलफल भएको छ। भारतीय दूतावासका अनुसार शुक्रबार परियोजना निर्देशक समिति र संयुक्त कार्यदलको बैठकमा परियोजनाहरुबारे छलफल भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

जेठ २८–२९ सम्म काठमाडौंमा भएको छलफलमा भारतको अनुदानमा विकास भइरहेका जयनगर–विजलपुरा–बर्दिबास र जोगवनी–विराटनगर ब्रोडगेज रेलवे लाइनहरूको जारी कार्यान्वयनबारे छलफल भएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार सञ्चालनमा रहेका सीमापार रेलवे लिंकहरूको कार्यान्वयन र रेलवे क्षेत्रमा समग्र द्विपक्षीय सहकार्यको समीक्षा गर्न १०औँ परियोजना निर्देशक समिति (पीएससी) र ८ औँ संयुक्त कार्यदल (जेडब्लूजी) को बैठक परियोजनाबारे बृहत छलफल भएको हो । बैठकमा जनकपुर–अयोध्या खण्डमा यात्रु रेल सेवा सुरु गर्नका लागि सञ्चालन प्रक्रियाहरू रक्सौल–काठमाडौं ब्रोडगेज रेलवे लिंकको अन्तिम सर्वेक्षण प्रतिवेदन, पूर्व–पश्चिम रेलवे लिंकको लागि प्राविधिक सहयोग र थप रेलवे लिंकहरू पनि छलफल गरिएको विज्ञप्तिमा उल्लेख छ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव रोहित रथीशले गरेका थिए । साथै रेल मन्त्रालयका कार्यकारी निर्देशक प्रदीप ओझाले पनि विशेष भूमिका निर्वाह गरेका थिए । दुवै बैठकमा नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले गरेका थिए। नेपाली पक्षले रेलवे लाइनका बाँकी खण्डहरूमा काम चाँडै सुरु गर्न र सम्पन्न गर्न आवश्यक सहजीकरण प्रदान गरिने आश्वासन दिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit