Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यी तरकारीकाे मूल्य कालीमाटीमा सस्ताे पाइन्छ..

यी तरकारीकाे मूल्य कालीमाटीमा सस्ताे पाइन्छ..
विज्ञापन
Advertisement

काठमाडाैं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले गोलभेँडा, आलु, प्याज, बन्दा, सागसब्जी, फलफूल, मसला, माछा तथा विशेष उपजको मूल्य तय गर्दै उपभोक्तालाई सूचना दिएको हो।

विज्ञापन
Advertisement
Advertisement

तरकारीतर्फ गोलभेँडा (भारतीय ठूलो) प्रतिकिलो ७० रुपैयाँमा सर्वाधिक महँगो भने सानो भारतीय गोलभेँडा ४५ रुपैयाँमा सस्तोमा उपलब्ध छ। लोकल आलु प्रतिकिलो ३५ रुपैयाँ, भारतीय प्याज सुकेको ३८ रुपैयाँ, गाजर लोकल ६०, बन्दा लोकल १५, काउली ७० मूला सेतो लोकल २० रुपैयाँमा थोक बिक्री मूल्य तोकिएको छ।

त्यस्तै, भन्टा, फर्सी, लौका, झिगुनी, चिचिण्डो, तितो करेला, बोडी, भिण्डी लगायतका मौसमी तरकारीहरूमा पनि मूल्य निर्धारण गरिएको छ। भिण्डीको थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ तने बोडी ६० रुपैयाँ कायम गरिएको छ।

सागसब्जीमा पालुङो, रायो, मेथी, तोरी, चमसुर, सौफको सागलगायतको थोक मूल्य प्रतिकिलो ६० देखि ८० रुपैयाँसम्म तोकिएको छ। विशेषगरी च्याउको मूल्य कन्य च्याउको १९०, डल्ले च्याउको ३५०, राजा च्याउको ३०० सिताके च्याउको प्रतिकिलो ८०० रुपैयाँ पुगेको छ। यस्तै, पुदिना ३००, पार्सले ३५० कुरिलो प्रतिकिलो ६०० रुपैयाँ कायम गरिएको छ।

फलफूलको हकमा स्याउ (फूजी) प्रतिकिलो ३४०, केरा प्रतिदर्जन १६०, अनार ३५०, कालो अङ्गुर २५०, नासपाती (चाइनिज) २६०, मेवा (भारतीय) १२०, स्ट्रबेरी २५०, किबी ४६० आभोकाडो ५८० रुपैयाँ प्रतिकिलोमा तोकिएको छ।

मसला अन्य उपजमा अदुवा १२०, लसुन (नेपाली तथा चाइनिज) ३००, हरियो धनियाँ ८०, अकबरे खुर्सानी ४००, सुकेको खुर्सानी ४२० माछाको हकमा रहु माछा ३२०, बचुवा २६० छडी माछा २४० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।

कालीमाटी बजार विकास समितिका अनुसार यो मूल्य अधिकतम थोक मूल्य हो, जसअनुसार उपभोक्ताले बजार मूल्यको सन्दर्भमा जानकारी लिन मूल्य तुलना गर्न सक्नेछन्। समितिले नियमित रूपमा दैनिक थोक मूल्य निर्धारण गरी सार्वजनिक गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit