Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जयवीर देउवाले होटल हिलटन किनेको समाचार भ्रामक र तथ्यहिन : जगदम्बा ग्रुप

जयवीर देउवाले होटल हिलटन किनेको समाचार भ्रामक र तथ्यहिन : जगदम्बा ग्रुप
विज्ञापन
Advertisement

काठमाडौं । जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले होटल हिलटन काठमाडौंको खरिद बिक्री नभएको प्रस्ट पारेको छ ।

विज्ञापन
Advertisement
Advertisement

शंकर ग्रुपद्वारा निर्माण गरिएको राजधानीस्थित अन्तर्राष्ट्रिय स्तरको होटल हिलटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले किनेको समाचार आएपछि शनिबार सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । उक्त होटल जयवीर देउवाले किनेको भन्ने समाचार भ्रामक र तथ्यहीन भएको जनाउँदै सञ्चालक संस्था जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आज प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले भनेको छ, “हालै केही अनलाइन मिडिया र विभिन्न सामाजिक सञ्जालहरु मार्फत ‘हिलटन होटल खरिद बिक्री विषयमा भ्रामक र आधारहिन समाचारहरु प्रकाशित तथा प्रशारित भएको प्रति हामी आश्चर्यचकित भएका छौं र यस अफवाह प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

अन्तराष्ट्रिय चेन होटल हिलटन काठमाडौंको बिक्री प्रकृया नभएको तथा उक्त विषयमा कतै छलफल समेत नभएको जारी विज्ञप्तिमा उल्लेख छ । उक्त विषयमा भ्रामक समाचार प्रकाशन/ प्रशारण गर्नेविरुद्ध जगदम्बा हस्पिटालिटीले कानूनी उपचार खोज्ने चेतावनी दिएको छ । ‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुऱ्याउने कार्य भए गरेको प्रति गम्भीर आपत्ति जनाउँदै नेपालको प्रचलित कानून बमोजिम आवश्यक कानूनी प्रकृया अपनाइने व्यहोरा जानकारी गराउँदछौं ।’

यस्तै, कम्पनीले संवेदनशिल विषयमा आधिकारिक स्रोतबाट प्रमाणिकरण नभएका /अपुष्ट समाचार प्रकाशन र प्रशारण नगर्न आग्रह गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit