Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमै उत्पादन हुन थाले कोरियन प्रविधिका ‘स्किन केयर’ सामग्री, लगानी ३५ करोड

नेपालमै उत्पादन हुन थाले कोरियन प्रविधिका ‘स्किन केयर’ सामग्री, लगानी ३५ करोड
विज्ञापन
Advertisement

काठमाडौं । कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’ उत्पादन सुरु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली ब्रान्ड ‘ओआरए’ले ललितपुरको इमाडोलमा ३५ करोडको लगानीमा उद्योग स्थापना गरी अन्तरराष्ट्रियस्तरका स्किन केयर उत्पादन बजारमा ल्याएको जनाएको हो ।

कम्पनीले कोरियन विज्ञान, अनुसन्धान, प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थको प्रयोग गरी नेपालमै विश्वस्तरीय उत्पादन गरिरहेको जनाएको हो । ‘ओआरए ब्रान्ड’ उत्पादन गरिरहेको एनके कस्मेटिक प्रालिका प्रमुख तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का पूर्वध्यक्ष विनोद कुँवरले नेपाली उपभोक्तालाई अन्तरराष्ट्रियस्तरका गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनी स्थापना गरिएको बताएका छन् ।

हाल कम्पनीले नौ वटा प्रमुख स्किन केयर उत्पादन बजारमा उपलब्ध गराइसकेको र निकट भविष्यमा थप १० देखि १५ वटा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिए। उत्पादन क्षमता विस्तारसँगै कम्पनीले आफ्नै उद्योगबाट एक सयभन्दा बढी प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्य सामग्री उत्पादन गर्नसक्ने जनाएको छ ।

कम्पनी नेपाली तथा कोरियन उद्यमीको संयुक्त सहकार्यमा स्थापना भएको हो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सौन्दर्य सामग्रीविज्ञ जेहो हुरले उत्पादन विकासमा सहयोग गरिरहेको जानकारी दिइएको थियो । कम्पनीमा व्यवस्थापन, उत्पादन, मार्केटिङ तथा बिक्री विभागमा प्रत्यक्ष रूपमा २५ जना नेपाली कर्मचारी कार्यरत रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit