काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवै धातुको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० र चाँदी २५० रुपैयाँले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० र चाँदी चार हजार २३५ रुपैयाँ निर्धारण भएको छ ।
बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० मा कारोबार भएको थियो। साथै, एक तोला चाँदीको मूल्य चार हजार ४८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । मंगलबार एक तोला सुन दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको चाँदी चार हजार ५९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंश तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्