Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वाग्मती सफाइ महाअभियान १३औँ वर्ष प्रवेश

वाग्मती सफाइ महाअभियान १३औँ वर्ष प्रवेश
विज्ञापन
Advertisement

काठमाडौं । वाग्मती सफाइ महाअभियान सुरु भएको १२ वर्ष पूरा भई १३औँ वर्षमा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । यस अवसरमा आज काठमाडौँ महानगरपालिका–३२ र ९ को वाग्मती किनारमा सरसफाइ एवं १३ वटा रुद्राक्षको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

विज्ञापन
Advertisement
Advertisement

उनका अनुसा अनुसार वाग्मती सफाइ महाअभियान १३औँ वर्ष प्रवेश गरेका अवसरमा यही जेठ १७ गते शनिवार विशेष कार्यक्रम गर्न लागिएको छ ।

वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गरी नेपालको पूर्वदेखि सुदूरपश्चिम महाकाली, हिमाल, पहाड एवं तराईका विभिन्न स्थानमा १३ हजार बिरुवा रोप्ने कार्यक्रम तय गरिएको पनि महाअभियानले जनाएको छ । नदी संरक्षण अभियानकर्मी मेघ आलेको पहलमा बेलायतको थेम्स नदी र वाग्मती नदीलाई भगिनी नदीका रूपमा घोषणा गरिने भएको छ । दुई नदीबीच मित्रताको सम्बन्धमा जोड्न जेठ १८ गते आइतबार टेकु दोभानमा सिथी नख पर्वको दिन पारेर कार्यक्रम राखिएको छ ।

सफाइ महाअभियान १३औँ वर्ष प्रवेशको कार्यक्रममा कलाकारद्वय दीपकराज गिरि, दिपाश्री निरौला, कामनपा–९ का अध्यक्ष रामजी भण्डारी, कामनपा–११ का अध्यक्ष हिरालाल तन्डुकार, कामनपा–९ का वडा सदस्य टेकराज अधिकारीलगायत जनप्रतिनिधिसहित सफाइ अभियानकर्मीको उपस्थिति थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit