काठमाडौं । साताको पहिलो कारोबार दिन आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतितोला १४ सय रुपैयाँले उकालो लागेको सुन आज एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्