Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनओसीद्वारा एनएसजेएफको नवनिर्वाचित पदाधिकारीलाई बधाई

एनओसीद्वारा एनएसजेएफको नवनिर्वाचित पदाधिकारीलाई बधाई
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले एनओसीलाई लिएर अहिले भइरहेको विवादमा पक्षविपक्षबीचको सीमाङ्कन ‘क्लियर’ गरेर खेलकुदलाई स्थापित गर्नुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

एनओसीद्वारा आज काठमाडौंमा आयोजित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रममा उनले नेपालको खेलकुदलाई सही बाटोमा लग्न, नेपाली खेलाडीलाई उन्नत बनाउन र खेलको महत्वलाई बुझाउन जिम्मेवारीपूर्वक अगाडि बढिरहेको बताए ।

अध्यक्ष श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवद्र्धन गर्न एनओसी र नेपाल खेलकुद पत्रकार मञ्चबीच सहकार्य गर्दै अगाडि बढुनुपर्नेमा जोड दिए । त्यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिको अहंमता र अदूदर्शीताले नेपाल खेलकुद समस्या रहेको र खेलाडीको भविष्य अन्यौलमा परेको बताए ।

उनले आफूहरु सरकार विरोधी नभएको र सरकारसँग हातेमालो गरेर नेपाली खेलकुदलाई विश्वसामु लग्न र खेलाडीहरुको हकहितका लागि काम गर्न चाहेको र यसका लागि सरकारबाट सकारात्मक सहयोगको अपेक्षा राखेको बताए ।

एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तर्राष्ट्रिय संरचनमा हेर्दा समान प्रकृतिको संस्था भएको बताए । उनले यी दुई संस्थाको सहकार्यको शृङ्खला लामो भएको बताए । उनले पत्रकारिताको स्वरुप फरक भइरहेको अहिलेको डिजिटल युगमा नेपाली खेल पत्रकारहरु अझ क्षमतावान बनाउन आफ्नो प्रयास रहने भनाइ व्यक्त गरे ।

एनओसीले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको थियो । गत वैशाख २५ गते भएको एनएसजेएफको २०औँ साधारणसभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit