Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गृहमन्त्रीको राजीनामामा विपक्षीको अडान कायमै, अवरोधपछि आधा घण्टाका लागि बैठक स्थगित

गृहमन्त्रीको राजीनामामा विपक्षीको अडान कायमै, अवरोधपछि आधा घण्टाका लागि बैठक स्थगित
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगन भएको छ । बुधबार बैठक सुरु हुनासाथ विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगन गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

आज सभामुखले दलीय आधारमा बोल्नका लागि समय दिने बताएका थिए । तर, दलका सांसदहरुले उभिएर विरोध जनाइरहे । सभामुख घिमिरेले गृहमन्त्रीलाई जवाफका लागि समय दिन खोजेका थिए तर, सांसदहरुले विरोध जनाए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको राजीनामा नआएसम्म बैठक चल्न नदिने चेतावनी विपक्षी दलको छ । विपक्षीले मंगलबार देखि नै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै अडान कायम राखेका छन् । मंगलबार पनि प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/०८२ को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit