काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग नेपाल भ्रमणमा रहेका चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डान बा नेतृत्वको प्रतिनिधी मण्डलले भेटवार्ता गरेको छ ।
सिहंदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र चीनबीच कृषि क्षेत्रमा विगत देखिनै सहयोग र सहकार्य हुदै आएको उल्लेख गर्दे आगामी दिनमा समेत चीनको सहयोग थप अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे ।
मन्त्री अधिकारीले नेपालबाट चीन तर्फ निर्यात गर्न सकिने वस्तुहरु मध्य चिया, नेपाली जडीबुटी राँगोको मासु लगायतलाई चीनको भन्सार प्रवेशका लागि प्रकृया अघि बढाएकोमा चीन सरकारलाई धन्यवाद दिए । अधिकारीले जडीबुटी निर्यातको लागि पनि हाल पाँच वटा कम्पनी यस प्रकृयमा दर्ता भएकाले थप सकजीकरणमा सहयोग गर्न उपाध्यक्ष वा समक्ष आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
सन २०१९ मा नेपाल र चीनबीच हस्ताक्षर भएको सुन्ताला जातका फलफुल निर्यात सम्बन्धी सम्झौता र २०२२ मा भएको घाँस निर्यात सम्बन्धी सम्झौताको कार्यन्वयनका लागि आधारभुत आवश्यकता तयार गर्न प्राविधिक सहयोगका लागि पनि मन्त्री अधिकारीले चिनियाँ प्रतिनिधी मण्डलसँग आग्रह गरेको बताइएको छ ।
भेटवार्तामा उपाध्यक्ष वाले नेपालको चिया ,जडीबुटी आदिको माग चीनभरी रहेको र नेपालबाट यसको निर्यातका लागि आफुले सहजिकरण गर्ने बताए । सुन्ताला जातका फलफुल निर्यात गर्नका लागि उपयुक्त भण्डारणस्थल आवश्यक पर्ने र यसका लागि सहयोग गर्न तयार रहेको पनि उनले उल्लेख गरे । नेपाली व्यवसायीहरुलाई सिजाङमा हुने व्यापारीक प्रर्दशनीमा भाग लिन आग्रह गर्दे उपाध्यक्ष वाले यस मार्फत नेपाली उत्पादनलाई चीनियाँ बजारसम्म पुर्याउन सहज हुने धारणा राखे ।
















प्रतिक्रिया दिनुहोस्