Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

म राजनीतिक जीवनमा पारदर्शी छु, लुकाउनुपर्ने केही छैन : गृहमन्त्री रमेश लेखक

म राजनीतिक जीवनमा पारदर्शी छु, लुकाउनुपर्ने केही छैन  : गृहमन्त्री रमेश लेखक
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूप्रति भइरहेको आलोचना र आरोपहरू नियोजित र पूर्वनियोजित ढंगले ल्याइएका बताएका छन्। उनले आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा लुकाउनुपर्ने केही पनि नरहेको स्पष्ट पारेका छन्।

विज्ञापन
Advertisement
Advertisement

तिर्थराज भट्टराईको भिजिट भिसासम्बन्धी विषयमा अख्तियारले सुरु गरेको छानबिनमा आफूलाई जोडिनु असत्य र अनुचित भएको मन्त्री लेखकको भनाइ छ। ‘माथिल्लो तहबाट नियोजित रूपमा मलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ मन्त्री लेखकले भने।

उनले अख्तियारलाई छानबिन गर्ने अधिकार रहेको भन्दै उक्त प्रक्रिया निष्पक्ष रूपमा अघि बढ्न आफूले पूर्ण सहयोग गर्ने बताएका छन्। ‘स्वतन्त्र निकायलाई स्वतन्त्र निष्कर्षमा पुग्न दिनुपर्छ, म त्यसमा सहयोग गर्न तयार छु,’ उनले भने।

गृहमन्त्री लेखकका अनुसार तिर्थराज भट्टराईलाई उनले कुनै मन्त्रालयबाट तानेर ल्याएका होइनन्। ‘उहाँ पहिले नै एक जिम्मेवार पदमा रही काम गर्नु भएको हो, उनले स्पष्ट पारे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit