Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सुनकोशी–मरिण डाइसर्भनमा लक्ष्यअनुसार काम अघि बढाउन निर्देशन

सुनकोशी–मरिण डाइसर्भनमा लक्ष्यअनुसार काम अघि बढाउन निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइसर्भन बहुउद्देश्यीय आयोजनाको सुरुङ, हेडवक्स र पावरहाउसको स्थलगत निरीक्षण गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

१३.२ किलोमिटर लामो सुरुङ निर्माण कार्य बल्ल सम्पन्न भएको छ । मन्त्री खड्काले अब हेडवक्स र पावरहाउस निर्माण कार्यलाई लक्ष्यअनुसार अघि बढाउन निर्देशन दिएका छन् ।

पटेल–रमण जेभीले बाँध निर्माणका लागि १४ अर्ब सात करोड ५९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको छ । सुनकोशी नदीमा करिब ३० मिटर अग्लो, १ सय ५८ मिटर लामो बाँध निर्माण भएपछि १३ दशमलव तीन किलोमिटर लम्बाएको सुरुङमार्फत कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिने लक्ष्य छ । जसबाट ६६ दशमलव २९ मिटर हेडबाट पानी झारेर ३१ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिने छ ।

कुल पानीको १० प्रतिशत खानेपानीका लागि प्रयोग गरिनेछ। आयोजनाबाट तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने बताइएको छ ।

निरीक्षणका क्रममा मन्त्री खड्काले आयोजना समयमै सम्पन्न गर्नका लागि ठेकेदार, कन्सल्ट्यान्ट, कर्मचारी तथा सरोकारवाला सबै पक्ष गम्भीरतापूर्वक जिम्मेवा भएर लाग्नुपर्नेमा जोड दिए । उनले सरकारको तर्फबाट कुनै कमी नहुने बताए । यस्तै, आयोजनाका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit