images images images
images images images
images
images
images

‘राइड सेयरिङ’को मान्यतालाई स्थगन नगरेसम्म गाडी चल्न दिदैनाैं : विजय वहादुर स्वाँर

images

काठमाडाैं । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन नगरेसम्म आफुँहरुको आन्दोलन जारी रहेको यातायात व्यवसायी महासंघका अध्यक्ष विजयवहादुर स्वाँरले बताए । उनले भने,‘ हामीले खारेज नै गर्नुपर्छ भनेका थियौं, त्यसबाट एककदम हामि हटेर अहिलेलाई स्थिगन गर्नुपर्ने सरकारले वार्ता टोलि गठन गरेर छलफल गर्नुपर्नेगरी प्रारम्भिक छलफल भयो । पहिला सरकारले स्थगत गरोस् अनि हामी आन्दोलन फिर्ता लिन्छौं ।’

सोमबार यातायात व्यवसायीले आन्दोलन गरेपछि गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीहरुबीच छलफल ३ घन्टा लामो छलफल भएको थियो। उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरुले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरी नै चल्ने बताए ।

images
images

आजको छलफलमा वार्ता कमिटी गठन गर्ने सहमति भएको छ । वार्ता कमिटीमा यातायातका चार र अन्य मन्त्रालयका सात गरि ११ जनाको वार्ता कमिटि गठन गरेर आजबाटै छलफल हुने सहमति भएको छ । आज दिनभरी नै बसेर यसको निचोड निकालेर प्रदेश सरकारले ल्याएको राइड सेयरिङको मान्यतालाई स्थगन गर्ने गरेका आन्दोलनलाई पनि सघन गर्नेगरी अगाडि बढ्ने वातावरण बनाउनका लागि अनुरोध गरेका छौं । अब यातायातमा कहिले पनि आन्दोलन नहुने गरेर एउटा वातावरण बनाउनुपर्छ ।’

विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ । विशेषगरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्