Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मञ्जुश्री फाइनान्स र एनसीएचएलबीच सम्झौता, डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाइने

मञ्जुश्री फाइनान्स र एनसीएचएलबीच सम्झौता, डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाइने
विज्ञापन
Advertisement

काठमाडौं । मञ्जुश्री फाइनान्स र एनसीएचएल बीच एनपीएस – नेसनल कार्ड स्विच (एनसीएस) तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पदम ठकुल्ला तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

विज्ञापन
Advertisement
Advertisement

नसीएचएलले हालै एनपीएस –एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो । यो सँगै बैंक वित्तीय संस्थाहरु एनपीएस –एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात मञ्जुश्री फाइनान्सले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरुबीच अन्तर–आबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गररहेको कम्पनीले बताएको छ । यो प्रणालीको पूर्ण कार्यान्वयन पछि डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्द्धन हुने अपेक्षा कम्पनीको छ ।

एनपीएस –एनसीएस र ‘नेपालपे कार्ड’को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँइमा पुर्‍याउने अपेक्षा गरिएको छ । एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढी गैर–बैंकिङ सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit