Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पोखरामा लेखा शिक्षकहरूका लागि आईएफआरएस र एनएफआरएस कार्यशाला आयोजना हुँदै

पोखरामा लेखा शिक्षकहरूका लागि आईएफआरएस र एनएफआरएस कार्यशाला आयोजना हुँदै
विज्ञापन
Advertisement

पोखरा । काठमाडौंस्थित प्लाटिनम स्तरको सेवा प्रदायक संस्था ब्रिटिश प्रोफेशनल कलेजले एसीसीएसँगको सहकार्यमा पोखरामा आईएफआरएस र एनएफआरएस सम्बन्धी ‘एकाउन्टिङ शिक्षक कार्यशाला’ आयोजना गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

गण्डकी प्रदेशका उच्च माध्यमिक तहका लेखा शिक्षकहरूको प्राविधिक क्षमता सुदृढ गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको हो। आगामी जेठ २३ मा पोखरा इभेन्ट सेन्टरको सगरमाथा हलमा बिहान ९ :३० बजेदेखि बेलुका ५ः३० बजेसम्म संचालन हुने यस कार्यशालाको प्राविधिक सत्रको नेतृत्व बिक्रान्त आचार्यले गर्दैछन् । कार्यशालामा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आईएफआरएस), नेपाल वित्तीय प्रतिवेदन मापदण्ड एनएफआरएस र समकालीन एकाउन्टिङ अभ्यासहरूमा केन्द्रित रही गहिरो छलफल गराइनेछ।

ब्रिटिश एजुकेशन ग्रुपका प्रोफेशनल एजुकेशन प्रमुख दिपेन्द्र के श्रेष्ठका अनुसार यस कार्यशालाले कक्षाकोठाको शिक्षालाई विश्वव्यापी उद्योग मापदण्डसँग जोड्न र पोखराका शिक्षकहरूलाई विश्वस्तरीय प्रशिक्षण प्रदान गर्न सहयोग पुर्‍याउनेछ। कार्यशालामा सहभागी हुन इच्छुक शिक्षकहरूका लागि अनलाइन दर्ता खुला गरिएकोले आवेदन दिन संस्थाले आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit