पोखरा। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको आयोजनामा अभिकर्ता लिडरहरूका लागि ३ दिने मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
यही जेठ १३, १४ र १५ गते पोखरामा आयोजित उक्त कार्यक्रममा कम्पनीका १५० जनाभन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता रहेको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओ सन्तोष प्रसाईँले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा फेवाताल भ्रमण, ताल बाराही मन्दिर परिसरमा स्थानीय समूहद्वारा भजन कन्सर्ट, तथा सांगीतिक साँझ आयोजना गरिएको थियो । कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरू प्रकाश सपुत, समीक्षा अधिकारी र हास्य कलाकार सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो ।
नेपाली राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा भएका यस्ता कार्यक्रमले अभिकर्ताहरूलाई ऊर्जा र पुनर्ताजगी (रिफ्रेसमेन्ट) प्रदान गर्ने सीइओ प्रसाईँले विश्वास छ । कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि निरन्तर रूपमा यस्ता उत्प्रेरणा जगाउने र मनोरञ्जनात्मक कार्यक्रमहरू गर्दै आएको जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्