Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एभरेष्ट बैंकले सुरु गर्यो इबिएल भर्चुअल क्रेडिट कार्ड सेवा

एभरेष्ट बैंकले सुरु गर्यो इबिएल भर्चुअल क्रेडिट कार्ड सेवा
विज्ञापन
Advertisement

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गरी बैंकका ग्राहक वर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपयोग गर्न सकिने एक प्रकारको पूर्ण डिजिटल कार्ड हो। यस बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन्।

ग्राहकले सो सेवामार्फत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे, क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन्।

यसैगरी, ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म चलाउन सक्नेछन्। साथै,ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकद्वारा जानकारी गराइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit