Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

एक अटोचालक जो प्रत्येक दिन क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिन्छन्..

एक अटोचालक जो  प्रत्येक दिन क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिन्छन्..
विज्ञापन
Advertisement

चितवन । यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन् । उनले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क यातायात सेवा दिँदै आएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

पर्साको ठोरी गाउँपालिका–१ का स्थायी बासिन्दा २६ वर्षीय आकाश अर्यालले क्यान्सरका बिरामीको सेवा गर्दै आएका छन्। पश्चिम नेपालबाट रात्रि बसमा आएका बिरामीहरू बसबाट झर्नेबित्तिकै क्यान्सर अस्पतालसम्म पुग्न अटो चढ्नुपर्छ ।

विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आएका अर्यालले धेरै क्यान्सर बिरामीका कथा अटो यात्राका क्रममा सुने। कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोख्थे । लामो समयदेखि क्यान्सर पीडित परिवारको दुःख सुन्दै आएका चालक अर्यालको मनमा कसरी सहयोग गर्न सक्छु भन्ने भाव आयो । सेवा भावकै कारण केही समयदेखि आफूले दैनिक तीन घण्टा निशुल्क अटो सञ्चालन गरिरहेको बताए ।

उनले भने, “मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने? भनेर निःशुल्क सेवा सुरु गरेँ ।” यही सोचले उनले गएको मातातीर्थ औँसीदेखि हरेक बिहान ७ः०० देखि १०ः०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क दिँदै आएको बताए ।

उनले भने, “बिहान धेरै बिरामी टोकन लिन अस्पताल पुग्छन्, त्यसैले मैले यो समय छानेको हुँ ।” पश्चिमबाट आउने बसहरूले धेरै बिरामी झार्ने उनको अनुभव छ । त्यसैले उनले पुल्चोकलाई आधार बनाएर सेवा दिएको जानकारी दिए । बसमा नारायणगढमा झर्ने कतिपय बिरामी उनको अटो खोज्दै आउँछन्, त कतिपयलाई उनी आफैँले बस–बसमा गएर खबर गर्ने गरेको उनको भनाइ छ । दश बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् भने एकजना बिरामीको भाडा आफूले छुट दिने गरेको उनको भनाइ छ । बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उनले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पुर्याउँछन् । त्यसो त बाँकी समयमा त्यही अटो चलाएको आम्दानीले उनको परिवारको घरखर्च चल्दै आएको युवक अर्यालले बताए ।

विदेश जाने तयारीमा रहेका अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएर अटो चलाउन सुरु गरेको सुनाए । “आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु ।” सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit