काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालतमा दायर गरिएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल केसी, तथा तुलसी आचार्यलगायत १० जना कर्मचारी, २ वटा कम्पनी, ४ विदेशी नागरिक र २ जर्मन कम्पनीका नेपाली प्रतिनिधिहरूलाई प्रतिवादी बनाएको छ । मुद्दा लागेका विभागका कर्मचारीहरुमा रविन्द्र राजभण्डारी, भेष प्रसाद भुर्तेल, राजाराम दाहाल, सोमेश थापा, पुष्पराज नेपाल, विपिन प्रसाई र शत्रुधन शर्मा पोख्रेल रहेका छन् ।
मुद्दामा जर्मन कम्पनीसँग सम्बन्धित प्रतिनिधिहरू सिद्धार्थ थापा र मनिन्द्र राज मल्ललाई पनि प्रतिवादी बनाइएको छ। थापा जर्मन कम्पनी भेरिडोस का नेपाल प्रतिनिधि हुन् भने मल्ल म्यूलबैर का नेपाल प्रतिनिधि हुन्।
ठेक्का प्रक्रियामा राजनीतिक पहुँचको दुरुपयोग गर्दै प्राविधिक स्पेसिफिकेसन परिवर्तन गरी ठेक्का दिलाउने कार्यमा उनीहरूको भूमिका रहेको अख्तियारको आरोप छ। मल्ललाई नियन्त्रणमा लिइएको छ भने थापा सम्पर्कविहीन रहेको बताइएको छ।















प्रतिक्रिया दिनुहोस्